टाटाको ईभी धनतेरस एक्सचेन्ज धमाका

टाटाको ईभी धनतेरस एक्सचेन्ज धमाका: टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी, धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९ र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

सो मेलामा सहभागी भएर ग्राहकले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेन्ज धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक भएको कम्पनीको दावी छ ।

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको भनाइ छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *