जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्ड ल्यायो: सन् २०१३ मा स्थापना भएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्टार्टअप कम्पनी ‘सेन्ट्रो‘को आधिकारिक बिक्रेता शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स नियुक्त भएको छ।
सेन्ट्रो इलेक्ट्रिक ग्रुप लिमिटेडको स्वामित्वमा सेन्ट्रो ब्रान्ड रहेको छ, यो ग्रुपको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ।
आधिकारिक बिक्रेता नियुक्त भएसँगै जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप नेपाल भित्र्याएको हो।
कम्पनीले पहिलो लटमा परीक्षण प्रयोजनका लागि एउटा सेन्ट्रो ब्रान्डको एलएस २१० मोडल ल्याएको छ।
नेपाली बजारमा विद्युतीय सवारीको माग तथा प्रयोग बढ्दै गएकाले विद्युतीय सवारी आयातमा व्यावसायिक घराना लागिपरेका छन्। त्यस्तै अन्य व्यावसायिक समूहहरू पनि विद्युतीय सवारी आयातमा लागिपरेका छन्।
सबैजसो व्यवसायीहरू विद्युतीय सवारी ब्रान्ड खोज्दै चीन धाइरहेका छन्।
प्यासेन्जर कारमात्र होइन कमर्सियल भ्यान तथा मोइक्रोबसदेखि साना मालबाहक पिकअपसम्मको आयात भइरहेका छन्।
जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय मालबाहक पिकअप आयात गरेको छ, यो ब्रान्डले पिकअपसँगै विद्युतीय भ्यानसमेत उत्पादन गर्दै आएको छ।

कम्पनीले विद्युतीय कमर्सियल सवारीका लागि सेन्ट्रो आईच्यासिसको विकास गरेको जनाएको छ।
कम्पनीले हालसम्म ३ हजार ६ सय वटाभन्दा बढी विद्युतीय सवारी डेलिभरी गरिसकेको उल्लेख गरेको छ।
ईभीमा २ सय १७ वटा पेटेन्ट दर्ता गराएको १६ देशमा आफ्नो उत्पादन पठाइसकेको छ।
सेन्ट्रो कम्पनीले हालसम्म ६ वटा एसेम्बल प्लान्ट सञ्चालनमा लाइसकेको दाबी गरेको छ।
Visit homepage : eautonepal.com
