टाटा कर्भ र नेक्सनले पाए ५ स्टार सेफ्टी रेटिङ

टाटा कर्भ र नेक्सनले पाए ५ स्टार सेफ्टी रेटिङ: भारतले आफ्नै क्रयास टेस्ट ‘भारत एनक्याप सेफ्टी रेटिङ’ लागु गरेसँगै विभिन्न कार ब्राण्डले भारतमा बनेका मोडलहरु परीक्षण गरिरहेका छन् ।

टाटा मोटर्सले पनि आफ्नो पछिल्लो मोडल कर्भ र कर्भ ईभीको क्रयास टेस्ट गराएको हो ।

त्यस्तै टाटाले यसअघि नै ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाउन सफल नेक्सनको फेसलिफ्टलाई पनि भारत एनक्यापमा पुनः क्रयास टेस्ट गराएको हो ।

भारत एनक्यापमा गरिएको परीक्षणमा कर्भ र नेक्सनले ५ स्टार सेफ्टी रेटिङ पाएका छन् ।

टाटा कर्भ पेट्रोल इन्जिनले एडल्ट अकुपेन्टमा ३२ मा २९.५० अंक पाउँदा चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४९ मा ४३.६६ अंक पाएको हो ।

त्यस्तै कर्भ ईभीले एडल्ट अकुपेन्टमा ३२ मा ३०.८१ पोइन्ट तथा चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४९ मा ४४.८३ पोइन्ट पाएको हो । क्र्यास टेष्टमा आइसको तुलनामा ईभी थप सुरक्षीत देखिएको हो ।

टाटा मोटर्सकै नेक्सनको पेट्रोल र डिजेल भेरियन्टले ५ स्टार रेटिङ पाए ।

नेक्सनले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ३२ मा २९.४१ अंक पाउँदा चाइल्ड अकुपेन्ट प्रोटेक्नसमा ४९ मा ४३.८३ पोइन्ट पाएको हो ।

यसअघि गरिएको नेक्सन ईभीको क्रयास टेस्टमा एडल्ट अकुपेन्टमा २९.८६ र चाइल्ड अकुपेन्ट प्रोटक्सनमा ४४.९५ पोइन्ट पाएको थियो ।

टाटा मोटर्सले गत डिसेम्बरमै ह्यारीयर, सफारी, नेक्सन ईभी तथा पन्च ईभीको भारत एनक्यापमा परिक्षण गर्दा सबै भेहिकलले ५ स्टार रेटिङ पाएका थिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *