नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले दशैं र तिहारको शुभ उपलक्ष्यमा अतुलनिय छुट लिएर आएको छ ।
यस अनुसार ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री लिएर आउदा नयाँ ब्याट्रीको खरिदमा एमआरपीमा ५५ प्रतिशतसम्म छुट पाउने छन् ।
सीमित अवधिको लागि लागू भएको सो योजना ग्लोब्याट ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्री दुवैमा लागू हुनेछ ।
ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न र ठूलो बचत गर्ने सुनौलो अवसर प्रदान हुनेछ ।
त्रिथुंगा ट्रेडिङ प्रालिका व्यवसाय प्रमुख श्याम पाण्डेले यस योजनाको वारेमा उत्साह व्यक्त गर्दै भने, ‘हामी दशैँ र तिहार जस्तो चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि यस्तो सुनौला योजना ल्याउन पाउँदा निकै उत्साहित छौँ।
हामी उच्च गुणस्तरीय उत्पादनसँगै ग्राहकहरूलाई भ्याल्यु प्रदान गर्नेमा विश्वास राख्र्छौं ।
यो पहलले उपभोक्ताहरूलाई भ्याल्यु प्रदान गर्न मात्र होइन, पुरानो ब्याट्रीको रिसाइक्लिङमा पनि योगदान पु¥याउँछ भन्नेमा विश्वस्त छौं ।’
नेपालीहरु आफनो सबैभन्दा ठूलो चाडका लागि तयारी गरिरहेका बेला त्रिथुंगा ट्रेडिङ प्रालिले विश्वसनीय ब्रान्ड र यस्ता योजनाहरूसँग सबैको उर्जा आवश्यकताहरू पूरा गर्न तत्पर रहेको बताएको छ ।