जीडब्लुएम ट्यांकको बुकिङ खुला

 नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ।

यसमा लक्जरी ७ सिटर एसयूभी ट्यांक ५०० र ५ सिटर एसयूभी ट्यांक ३०० समावेश छन्, जसमा एचईभी प्रविधि समावेश गरिएको छ ।

ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा चेङदु अटो शोमा डेब्यु गरेको थियो र चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो । यसले विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

Seres

ट्यांक ब्रान्डले जीडब्लुएमको उच्च स्तरीय अफरोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयूभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्दछ। यसको लोगोमा रहेका टी र यु अक्षरहरूले गहिरो अर्थ बोकेको छ। ‘टी’ ले ट्यांक ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने ‘यु’ चाहि प्रयोगकर्ता अर्थात युजर र एकता अर्थात युनिटीको प्रतीक हो।

ट्यांक ५०० र ट्यांक ३०० मोडलहरूलाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ।

जीडब्लुएमको नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राख्दछ। जीडब्लुएमले नयाँ, भरपर्दो, र उच्च गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै अफरोडभन्दा बढी अनुभव प्रदान गर्छ।

ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.० लिटर टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध छन्, जसमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८ किलोवाट पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन्।

ट्यांक ३०० को मूल्य १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

जीडब्लुएम विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ र ७० हजार भन्दा बढी कर्मचारीहरू यसमा कार्यरत छन् । लगातार ६ वर्षसम्म जीडब्लुएमले वार्षिक रूपमा १० लाख भन्दा बढी गाडीहरू बिक्री गरेको छ।

BAW

भीजी इम्पेक्सले जीडब्लुएमका यी मोडलहरुलाई नेपाली बजारमा प्रस्तुत गर्दै, देशभर बिक्री र बिक्रीपछिका सेवाहरूलाई विस्तार गर्दै नेपालको अटोमोटिभ क्षेत्रमा योगदान पुर्याइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *