विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकाेलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
दिगो ग्रुपको यस नयाँ सुविधा नेपालभरिका ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो ।
यस सर्विस सेन्टरको स्थापनाको साथ दिगोको काठमाडौँ उपत्यकामा मात्र पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्विस सेन्टर भएको छ ।
यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ, जसले विद्युतीय सवारी साधनका ब्याट्रीहरूको अत्याधुनिक अनुसन्धान, परीक्षण, र मर्मत सेवा प्रदान गर्नेछ ।
यसले दिगोलाई विद्युतीय सवारीका लागि पूर्ण समर्थन दिने क्षमता बढाउँदै ब्याट्री प्रणालीहरूको दीर्घकालीनता र उत्तम कार्यसम्पादन सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।
यो अत्याधुनिक सर्विस सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण, र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउनेछ।
यहाँ आधुनिक उपकरण र दक्ष प्राविधिकहरूको टोलीद्वारा ग्राहकका गाडीहरूलाई उत्कृष्ट सेवा उपलब्ध हुनेछ ।
दिगोले यस नयाँ सेवाको माध्यमबाट ग्राहकहरूको समय र लागतमा कमी ल्याउन सहयोग पुर्याउनेछ, जसले गर्दा गाडी मर्मतसम्बन्धी सम्पूर्ण प्रक्रियालाई छिटो, भरपर्दो र सुलभ बनाउनेछ ।
दिगो ग्रुपका संस्थापक राजन रायमाझीले उद्घाटन समारोहमा भने, “हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो ।
पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ।
दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन्।”
दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण, र सेवा प्रदान गर्दै आएको छ।
गाडी बिक्रीमा मात्र नभएर, दिगोको ईकोसिस्टम अन्तर्गत चार्जरको बिक्री, वितरण, र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ । साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ।
दिगो ई-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठुलो चार्जिङ्ग स्टेशन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ्ग मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्र जस्ता सुविधाहरू पनि उपलब्ध छन्।