महँगा गाडीलाई मात्र समेटेको नाडा अटो शो

नेपालको अटोमोवाइल बजारको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शोमा महँगा गाडीहरुका ब्राण्डले मात्र प्रदर्शनीमा भाग लिन सकेको गुनासो व्याप्त छ ।

विशेषगरी चारपाँग्रे गाडीको मात्र मेला हो कि जस्तो पनि हुन थालेको छ, आजकल दुइपाँग्रे सवारीसाधनको सहभागिता निक्कै न्युन देखिन्छ ।

खरिद मुल्यको दाँजोमा बढी नाफा राखेर बिक्री मुल्य राख्ने ब्राण्डहरुले मात्र नाडामा प्रदर्शन गर्न सक्ने व्यवसायीहरुको गुनासो छ ।

यसको मुख्य कारण उक्त मेलामा लिइने स्टलको भाडा भएको एक व्यवसायीले बताए । उनका अनुसार ३/३ मिटरको सानो स्टल लिनलाई पनि दुई लाख माथि तिर्नु पर्छ ।

 

त्यति स्पेशले पुग्ने पनि होइन, कमसेकम ६/६ मिटरको स्टल लिँदा कति महँगो होला, आफैं बिचार गर्नुस् ।

मुख्य प्रवेशद्वार अगाडीका स्टलको त करिब १५ लाख भाडा तिर्नुपर्ने नाडाको दस्तावेजमा देखिन्छ ।

सम्भवतः भृकुटिमण्डपमा हुने जतिपनि मेला वा प्रदर्शनीमा लिइने शुल्क भन्दा यो नाडाको अटो शोमा लिइने शुल्क निक्कै धेरै हो ।

अटोमोवाइल व्यवसायी कै हकहितका लागि भनि गठन भएको नाडाले आफ्नै सदस्यहरुबाट यसरी शुल्क उठाउनु युक्तिसँगत नभएको व्यवसायीहरुको गुनासो छ ।

तर यो कुरामा नाडाका पदाधिकारी भने स्विकार गर्ने पक्षमा छैनन् ।

नाडा अटो शोका कार्यबाहक अध्यक्ष अनुप कुमार बरालका अनुसार विगतका बर्षहरु कै दररेटमा यसपटक स्टल तथा स्पेश रहेको बताए ।

उनका अनुसार यो दररेटमा मेलामा अट्ने भन्दा बढी व्यवसायीको प्रदर्शन गर्ने इच्छा हुँदाहुँदै पनि नअटाएर ड्र गर्नुपरेको हो ।

उक्त मेलामा लिइने शुल्कका कारण सवारीसाधनको मुल्य बढाउनुपर्ने वाध्यता हुने एक बजारशास्त्रीले बताए ।

व्यवसायीहरुले आफुले बेच्ने हरेक वस्तुमा नै आवश्यक खर्च जोडेर मुल्य कायम राखेको हुन्छ ।

त्यसैले यस बिषयमा नाडाले आगामी दिनमा विचार पुर्‍याउनेछ भन्ने विश्वास गरौं ।

  • Shankar Sharma@AUTONEPAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *