लोकप्रिय माइक्रो एसयूभी पन्च फेसलिफ्ट

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने तयारी गरेको छ ।

 टाटा मोटर्सले पन्च फेसलिफ्ट अब कम भेरिएन्टमा उपलब्ध हुने र यसको केही विवरणहरु समेत सार्बजनिक गरिसकेको छ ।

मिडिया रिपोर्टका अनुसार टाटाले हालको प्योर रिदम, अकम्पलिस्ड, अकम्पलिस्ड सनरुफ र क्रियटिभ ट्रिमलाई बन्द गर्ने सम्भावना देखाएको छ ।

यसको सट्टा पन्च अब प्योर(ओ), एड्भेन्चर एस र एड्भेन्चर प्लस एस ट्रिममा उपलब्ध हुनेछ ।

यसले पन्च ईभीमा प्रस्तुत गरिएका जस्तै समान कस्मेटिक अपडेट प्राप्त गर्नेछ, साथै यसमा नयाँ एलईडी डीआरएलहरू सहित पुन डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुनेछ ।

कारको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ र सनरुफको साथ ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सामेल गरिनेछ ।

पन्च फेसलिफ्ट पहिलेको जस्तै १.२ लिटर पेट्रोल इन्जिनको साथ आउनेछ, कम्प्याक्ट एसयूभीले फ्याक्ट्री फिटेड सीएनजी विकल्प पनि पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *