हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई नाडा अटो शो विशेष मोडलका रुपम लन्च गरेका हौँ ।
हामीले मोडल एच २५ लाख ९५ हजारमा कार बिक्री गर्ने योजना ल्याएका छौ ।
हामीले बिक्री गर्ने एच मोडलमा १७ किलोवाट आवर को ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर छ । यसले एकपटकको फुल चार्जमा २०० किलोमिटरसम्म रेन्ज दिन्छ । सानो कार भएपनि फिचरका हिसावले यो एकदमै राम्रो छ ।
यो सानो कारमा हिल होल्ड एसिस्ट, एविएस, एयरब्याग, स्टेरिङ कन्ट्रोल, ईबीडी जस्ता फिचर छन् । १६५ एमएमको ग्राउन्ड क्लिरियन्स छ भएको यो कारको टर्निङ रेडियस भने ४.५ मिटरभन्दा पनि कम छ ।
जसले गर्दा यसलाई साघुँरा सडकमा समेत सहजै चालउन सकिन्छ । सानो कार भएकाले पार्किङ स्पेस एकदमै कम लिन्छ ।
अर्को मोडल भोल्ट्सको एचईभी ३०० साइजका हिसावले ह्याचब्याक भएपनि यसको डिजाइन सेडानको जस्तो छ ।
यो नयाँ कारमा ३३ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फास्ट चार्जिङ सुबिधा समेत भएको यो कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिन्छ ।
३५ किलोवाटको मोटर भएपनि यसको टर्क भने सेम्गेन्टकै बढी अर्थात १२५ एनएम छ । यसले ६० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ ।
एचईभी–३०० मा एउटा लक्जरी कारमा पाईने सबैजसो फिचर छ ।
कारमा हिल होल्ड एसिस्ट, पावर स्टेरिङ, हिटेड ओआरभिएम, डिफगर, टायर प्रेसर मोनिटरिङ सिस्टम, पावर विन्डो र एप फिचर पाउन सकिन्छ ।
यो कारलाई सिटी र इन्टर सिटी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १७५ एमएम छ ।