नेपालमा सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई पहिलो पटक आफ्नो जी६ भेरियन्ट औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २.० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ ।
यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।
एक्सपेङ जी६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् ।
साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।
जेनेसिस, ल्याम्वर्गिनी, फरारी, अडी र सियटका लागि कार डिजाइनको २४ वर्षको अनुभव बटुलेका चर्चित डिजाइनर जुआनमा लोपेजले यस कारको डिजाइन गरेका हुन् ।
जसले एक्सपेङका डिजाइनहरूलाई जीवन्त बनाएको छ ।
औपचारिक लन्च भएसंगै अब नेपाली ग्राहकहरुले पनि एक्सपेङको प्रविधि नजिकबाट अनुभव गर्ने अवसर पाएको र ब्रान्डको दृष्टिकोणबारे थप जान्न र गाडीको बुकिङ र टेस्ट ड्राइभको लागि थापाथली शोरूममा सम्पर्क गर्न सिजी मोटर्सले बताएको छ । जसको मूल्य ८४ लाख ९९ हजार तोकिएको छ ।