नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकल सार्वजनिक

गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पिड४०० र स्क्र्याम्बलर ४०० एक्स मोडल सार्वजनिक गरेको छ ।

बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपालमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्र्याएका छन् ।

यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाइकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।

ट्रायम्फको उत्कृष्टताको इतिहास
ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरु उत्पादन गर्दछ ।

उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।

ट्रायम्फ स्पिड४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ ।

यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ ।

साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ ।

स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ ।

साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पिड४०० लाई ६ लाख ३९ हजार ९ सय विशेष मूल्य र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सलाई ६ लाख ८९ हजार ९ सय विशेष मूल्यमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *