नेपालमै बनेको हुन्डाई भेन्यु नाडा अटो शोमा

राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा विभिन्न सवारी साधन प्रदर्शनमा रहेका छन् ।

अन्य स्टल भन्दा फरक स्टलको पहिचान कायम गर्ने क्रममा हुन्डाई नेपालको स्टल एक कदम अगाडि देखिएको छ ।

विगत १ दशक भन्दा बढी समयदेखी नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ ।

प्रिमियम तथा गुणस्तरिय सवारी, उच्च रिसेल भ्यालु र उत्कृष्ट बिक्री पछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरुको शिर्ष रोजाइमा पर्दे आएको छ ।

सवारी साधन आयात गरेर बिक्री गर्ने कार्यमा संलग्न अधिकांश आयातकर्ता भन्दा फरक रुपमा हुन्डाईको स्टलमा भने नेपालमै बनेको हुन्डाई भेन्यु राखिएको छ ।

हुन्डाई भेन्यु नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एक मात्र ‘मेड इन नेपाल’ सवारी साधन हो ।

कम्पनीले यसलाई ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेर चर्चामा ल्याएको छ । नवलपरासीको रामग्राममा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल हुँदै आएको हुन्डाई भेन्यु यसकारण चर्चामा रहेको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले सो एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ ।

वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ ।

विश्वमा सबै स्थानमा रहेका प्लान्टमा यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुन्छ । यसका लागि हुन्डाईले निश्चित प्रक्रियाको लागि आवश्यक नियम बनाएको हुन्छ र त्यसको पालना गर्नुपर्छ ।

नेपालमा पनि त्यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुने नियम रहेको छ र त्यसै अनुसार पहिलो चरणमा हुुन्डाई भेन्यु उत्पादन गरिएको हो ।

नेपालमै एसेम्बल गरेर उत्पादन गरिएकाले यसलाई कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र हुन्डाई भेन्यु एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

त्यसैगरी हुन्डाईको नयाँ क्रेटा अर्को आकर्षण बनेको छ । केही समय पहिले मात्र नेपाली बजारमा उपलब्ध हुन्डाई क्रेटा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल यसको अपग्रेड भर्सन उपलब्ध भएको हो ।

हुन्डाई क्रेटा धेरै बिक्री हुने एसयूभीको रुपमा परिचित छ ।

यसको सुरुवाती मूल्य ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ ।

अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

क्रेटा सन् २०१५ देखी नै नेपाली एसयूभी पारखीको विश्वास जित्दै आएको एक सफल कम्प्याक्ट एसयूभी हो ।

यी वाहेक हुन्डाई आयोनिक ५ ईभी र ग्रान्ड आई १० नियोस लगायतका सवारी साधन समेत प्रदर्शनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *