नाडा अटो शोमा यसपटक चारपाङ्ग्रे सवारी साधनबाट कुल २४ वटा ब्रान्डले सहभागीता जनाउने भएका छन् ।
यी मध्ये सुजुकी बाहेक अन्य सबै ब्रान्डसंग ईभी हुनेछ । केही ब्रान्डले कम्वसन सहित ईभीको समेत प्रदर्शन गर्ने तयारी गरेका छन् ।
मेलामा १ दर्जनभन्दा बढी ब्रान्डका नयाँ ईभी लन्च हुनेछन् भने केही ब्रान्डले मेलामा शोकेस गर्नकै लागी भनेर प्रिमियम कार समेत ल्याउने योजना बनाएका छन् ।
यसैगरी एमजीले जेडएस इभी, एमजी–४ र कोमेट ईभीसंगै नयाँ प्रिमियम कार साइवरस्टरलाई शोकेस गर्ने तयारी गरेको छ ।