नेपाल नेसनल ट्रेड इंकले नेपालमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आधिकारिक वितरकको रुपमा यी स्कुटर उपलब्ध गराउने बताएको छ ।
नेपाली बजारमा थ्रीएन ब्रान्डका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर एमक्यु, जेडएल–७, एच८–२, एच८–३, एन७–क्यु र सी९ स्कुटर र एम५ र फेइइङ मोटरसाइकल उपलब्ध हुनेछन् ।
जेल र लिथियम आयोन ब्याट्री अप्सनमा उपलब्ध हुने यी सवारी साधनमा ई–एबीएस सिस्टम रहेको छ ।
यसमा टेक्नोलोजिकल एस्थेटिक्स, युथफुल एपियरेन्स र स्टाइलिङ राइडको सुविधा छ ।
सिटमा इलेक्ट्रोनिक स्याडल लक, फ्रन्ट तथा रियर सक एब्जर्बर, स्मार्ट हेडलक, इन्टेलिजेन्ट सेक्युरिटी तथा अलार्म, रिभर्स फङसन, रिमोट तथा मेकानिकल कि लगायतका सुविधा रहेका छन् ।
यी स्कुटर तथा मोटरसाइकलको मूल्य ५५ हजार देखि ३ लाख रुपैयाँ सम्म तोकिएको छ ।
नेपालमा उपलब्ध अन्य इलेक्ट्रिक स्कुटर भन्दा फरक पहिचान भएको र विभिन्न सुविधायुक्त भएकाले यसले धेरैको ध्यान तान्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।