नयाँ काईसाई ब्राण्डको स्कुटरले १२० किलोमिटरको रेन्ज दिने

नेपालमा  जीरो इमिसन राइड एनले चीनको काईसाई ब्राण्डको इलेक्ट्रिक स्कुटरलाई नेपालका लागी आधिकारिक वितरकको रुपमा भित्र्याएको हो ।

१४० किलोमिटर हाराहारी रेन्ज दिने यो स्कुटरमा २४०० वाट पिकपावर भएको हब मोटर दिइएको छ ।

स्कुटरमा ७२ भोल्ट ४० एम्पियरको ग्राफिनी बेट्री भएकाले रियल लाइफमा करिब १०० देखि १२० किलोमिटरको रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

काठमाण्डौ उपत्यकामा भएका सानातिना उकालोमा यो स्कुटर चलाउन खासै समस्या नरहेको र तराइ क्षेत्रमा त झन सजिलै तान्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा प्रयोग भएको १२ इन्चको व्हिल साइजले गर्दा यसको ग्राउण्ड क्लियरेन्स भने केही अग्लो छ ।

करिब १७० एमएमको ग्राउण्ड क्लियरेन्स भएकोले यसलाई अफरोडमा समेत सहजै चलाउन सकिन्छ ।

झट्ट हेर्दा पेट्रोल भेरिएन्टको स्कुटर जस्तो देखिने यो स्कुटरको हेड लाइट हेण्डिल मै राखिएको छ ।

हेण्डिल मै हेडलाई टभएले यसलाई रातीको समयमा घुमाउरो बाटोमा चलाउँदा पनि अगाडिको दृष्य सजिलै देख्न सकिन्छ ।

सामान्यतया स्कुटर प्रयोग गर्ने प्रयोगकर्ताले एउटा स्कुटरमा अपेक्षा गर्ने फिचर्स तथा कम्पोनेन्ट यो स्कुटरमा पनि पाउन सकिन्छ ।

यसमा १२ इन्चको व्हिल, अग्लो ग्राउण्ड क्लियरेन्स, प्रसस्त लेग स्पेस र ठुलो बुट स्पेस दिइएको छ ।

यो नयाँ स्कुटरको अगाडी डिस्क बे्रक र पछाडि ड्रम बे्रक रहेको छ । अगाडिको चक्कामा भएको एलोइ व्हिल निक्कै आकर्षक छ । यसमा ३ वटा ड्राइभ मोड र एउटा रिभर्स मोड पनि छ ।

यसलाई चावी अथवा रिमोट कन्ट्रोल दुबैबाट स्टार्ट र अफ गर्न सकिन्छ । यसमा एन्टिथेप्ट व्हिल लक सिस्टम पनि दिइएको छ ।

एन्टिथेप्ट मोडमा छाड्दा कसैले यसलाई चलाउँदा यसको साइरन बज्छ भने व्हिल आफै लक हुन्छ । त्यस्तो अवस्थामा यसलाई कसैले डोर्याएर लैजान सक्दैन ।

यसलाई कम रेन्जको भर्सनमा समेत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

७२ भोल्ट २७ एएच क्षमताको ग्राफिनी बेट्री भएको भर्सनमा लिन चाहने ग्राहकले भने यसलाई जम्मा १ लाख ५० हजार २०० रुपयमै खरिद गर्न सक्नेछन् ।

नयाँ स्कुटरको मूल्य १ लाख ६५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

जीरो इमिसन राइड एनले विगत ५ वर्षयता लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *