दर्जनौं गीतमा संगीत भर्नुभएका संगीतकार किरण कँडेल नेपाली गीत–संगीतका अमूल्य नक्षेत्र हुन् । उहाँले नेपाली गीत–संगीतमा ठूलो योगदान दिनुभएको छ ।
उहाँले संगीत संयोजन गरेका गीत बजारमा चर्चामा छन् । उहाँ नेपाली संगीत साहित्यलाई मात्रै माया गर्नुहुन्न, नेपालको वातावरण जोगाउनुपर्छ र विद्युतीय सवारीलाई प्रमोट गर्नुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्छ ।
उहाँले हालै टाटाको विद्युतीय गाडी पनि किन्नुभएको छ । प्रस्तुत छ, उहाँसँग यो विषयमा भएको कुराकानी ः
मैले गाडी चढ्न लागेको करिब १५ वर्ष भयो । सुरुमा मैले सेकेन्ड वा थर्ड ह्यान्ड गाडी जेन ५ लाख ५० हजारमा किनें । त्यो गाडी सोचेको जस्तो भएन ।
त्यसले विभिन्न समस्या दिएका कारण मैले एक वर्षभित्रमै स्यान्ट्रो गाडी किनें । त्यो गाडी पाँच वर्ष चलाएँ । त्यसपछि त्यो गाडी १२ लाखमा बेचेर फेरि सुजुकीको वागेन आर तीन वर्षजति चलाएँ ।
त्यसपछिको ड्याटसन पनि ६ वर्ष चलाएँ र अहिले भने अब विद्युतीय सवारी चढ्ने दिन आयो भनेर मैले टाटाको टियागो किनें ।
खर्च कम हुने अनि वातावरणलाई पनि फाइदा हुने भएकाले मैले इभी किनें । नेपालमा विद्युत् भनेजति छ, यसले इन्धनको आयातलाई पनि रोक्छ ।
त्यसैले इभी चढ्नुपर्छ भनेर यो गाडी मेरो रोजाइमा प¥यो, यो गाडी सबै हिसाबले ठीक छ । पहिलो त यसको दैनिक खर्च खासै छैन ।
म यो गाडी लिएर झापा पनि गएँ । आउँदा चार्ज गर्नुप¥यो । सिप्रदीको फ्री चार्जिङमा चार्ज गर्न अवसर मिलेन ।
अनि ५ सय खर्चेर अन्य चार्जरमा चार्ज गरेर काठमाडांै आईपुगे । फेरि एकपटक म कान्ति लोकपथ हुँदै हेटौंडा पनि गएँ ।
हेटौंडा पुग्दा ६० प्रतिशत ब्याट्री बाँकी थियो । यसको माइलेज प्रति फुलचार्ज ३ सय १५ किलोमिटर हो । हेटौंडामा सिप्रदीमा फ्री चार्ज गरेर नारायणघाट हुँदै म काठमाडौं आए ।
यहाँ आउँदा मलेखुमा मैले ५० रुपैयाँ तिरेर अलिकति चार्ज गरें अनि म घर आइपुगे । भनेपछि घरमा मैले फुल चार्ज गरेर गएको थिए ।
इन्धनबापत ५० रुपैयाँ खर्च गरेर म काठमाडांै, हेटौंडा, नारायणघाट हँुदै फेरि काठमाडांै आइपुगे, यो बचत चानचुने बचत होइन ।
इन्धन गाडीमा हिँड्न निकै महँगो हुन्छ ।
पछि ब्याट्री मोटरमा समस्या आउँछ भनेर कुरा आएको छ । तर, आठ वर्षका लागि कम्पनीको वारेन्टी छ ।
यो भागेर जाने खालको कम्पनी पनि होइन । फेरि आठ वर्ष हुँदा ब्याट्रीको मूल्य निकै कम हुन्छ भन्ने पनि छ ।
अहिलेको अवस्थामा ब्याट्री फेर्दा ६–७ लाख पर्ने रहेछ । पछि सस्तो पर्छ नै । फेरी ब्याट्री पनि पुरै फेर्ने हैन । यसको पार्ट्स फेर्न मिल्छ ।
बजारमा यो ब्याट्री डिस्पोज गर्न गा¥हो भन्ने पनि हल्ला छ । तर, अहिले डिस्पोज गर्न मिल्ने वा रिसाइकल गर्न मिल्ने खालको लिथियम आयन ब्याट्री यो गाडीमा राखेको छ । ब्याट्री बनाउनेले यो गाडीको रिसाइकल वा डिस्पोज गर्न नसक्ने कुरै हुँदैन ।
वातावरण, साउन्ड, एयर पोलुसन नियन्त्रणका हिसाबले पनि यो गाडी उत्कृष्ट छ । अब अहिले भनेको इभीको सुरुवाती अवस्था हो ।
त्यसैले यसमा केही समस्या आउनु स्वाभाविकै हो । त्यो बिस्तारै समाधान हुँदै जान्छ, अबको युग भनेको इभीकै हो ।
हामीले ग्लोबल वार्मिङ घटाएर वातावरण जोगाउनुपर्छ भनेर इभीको प्रयोग गर्ने हो । यसमा म निकै सन्तुष्ट छु ।
अहिले इन्धनमा जोगिएको खर्चले ब्याट्री किन्न कुनै पनि समस्या छैन । दैनिक ४० किलोमिटर गाडी चलाउने चालकले दुई वर्ष इन्धनमा जोगाएको पैसाले यो ब्याट्री किन्न सक्छ । आठ वर्षमा धेरै खर्च जोगाउन सकिन्छ ।
भारतमा मैले चढेको इभीको र क्रेता गाडीको मूल्य उस्तै छ । तर, नेपालमा धेरै फरक छ ।
त्यसैले म भारतमा भन्दा इभी नेपालमा सस्तो छ भन्छु । मेरो गाडीले अहिले १० हजार मात्रै रोड ट्याक्स तिर्नुपर्छ । यो पनि ग्यासोलिन गाडीको तुलनामा निकै सस्तो मूल्य हो ।
अहिले विद्युतीय सवारी बिस्तारै स्थापित हुँदैछ । त्यसैले यसमा केही कमजोरी हुनु र यसको ओभरल सिस्टम स्थापित भइनसक्नु सामान्य कुरा हो । यो बिस्तारै हुने विषय हो । नेपालको सडक सधैंका लागि राम्रो हुने हो भने अब इभीको विकल्प केही पनि छैन । हामी यसलाई प्रमोट र सपोर्ट गर्न चाहन्छौं ।
मैले इभीका बारेमा साथीहरुसँग पनि सेयर गरें । अहिले सत्यराजले पनि इभी किन्नुभएको छ । उहाँलाई मैले आँट दिएको थिएँ ।
अब हामीले इभीलाई अगाडि बढाउनुपर्छ तर इभीको सुरुवाती मूल्य निकै महँगो हो भन्ने बजारमा हल्ला छ । यसको खोजी भने सरकारले अवश्य गर्नुपर्छ ।