होन्डा एनएक्स किन्दा १ लाख २५ हजार बुझाए पुग्ने

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा एनएक्स २०० र हर्नेट २.० मा फाइनान्स धमाका नामक विशेष अफर उपलब्ध गराएको छ ।

सो अफर अनुसार मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टको रुपमा बुझाएर बाइक लिन सकिन्छ । कम्पनीका अनुसार बाँकी रकम ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।

होन्डा एनएक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशतले हुन आउने रकम ९६ हजार ९८० रुपैयाँ शुरुमा बुझाउन सकिन्छ ।

यसका साथमा सेवा शुल्क र अन्य कर समेत जोड्दा सबै गरी शुरुमा १ लाख ३० हजार ३४५ रुपैयाँ बुझाए पछि बाइक लिन सकिने व्यवस्था छ ।

बाँकी रकम ३ लाख ८७ हजार ९२० रुपैयाँ ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ र यसका लागि मासिक करिव १४ हजार रुपैयाँ बुझाउनु पर्छ ।

यसमा करिव १७.२५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

त्यसैगरी होन्डा हर्नेट २.० को मूल्य ४ लाख ६४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशत डाउन पेमेन्ट र कर तथा सेवा शुल्क सहित सबै गरी १ लाख २५ हजार ३४० रुपैयाँ शुरुमा बुझाउनु पर्छ ।

बाँकी रकम ३ लाख ७१ हजार ९२० रुपैयाँलाई मासिक किस्ताको रुपमा बुझाउदा मासिक रुपमा १३ हजार ४ सय रुपैयाँ बुझाउनु पर्छ । यसमा १७.७५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

होन्डाको मोटरसाइकल बिक्री गर्नका लागि स्याकारको आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार हायर पर्चेज प्रालिमार्फत लोन उपलब्ध गराइने व्यवस्था छ ।

यस अनुसार नै २० प्रतिशत मात्र रकम तिरेर मोटरसाइकल आफ्नो बनाउन सकिने सुविधा उपलब्ध भएको हो ।

होन्डाका नेपाली बजारमा उपलब्ध धेरै मोडल मध्ये एनएक्स २०० र हर्नेट २.० पनि पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *