टाटा पन्च ३ लाख बिक्री

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ ।

माइक्रो एसयूभी, टाटा पन्चको बिक्रीले ३४ महिनामा ४ लाख युनिटको माइलस्टोन पार गरेको हो ।

टाटा मोटर्सका अनुसार यो माइलस्टोनमा पुग्ने एसयूभीहरूमध्ये पन्च सबैभन्दा छिटो भएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदि ट्रेडिङले यस अघि पेट्रोल भेरिएन्ट मात्र बिक्री गर्दै आएकोमा आगामी नाडा अटो शो मार्फत यसको ईभी भर्सनसमेत बिक्री गर्ने तयारी गरेको छ ।

माइक्रो एसयुभी पन्चको बिक्री भारतमा अक्टोबर २०२१ देखी सुरु भएको थियो ।

१० महिनामै १ लाख युनिट बिक्री भएको यो सानो एसयूभीको बिक्री अर्को ९ महिनामा दोब्बर भएको थियो ।

त्यसपछि डिसेम्बर २०२३ सम्म आइपुग्दा यसको बिक्री ३ लाख यूनिट पुगिसकेको थियो ।

पन्चले पछिल्लो समय भारतमा सर्बाधिक बिक्री हुने कारको चार्टमा पहिलो स्थान ओगट्दै आएको छ ।

यसले सब–कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ६८ प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ भने बिक्री हरेक वर्ष ७५ प्रतिशतका दरले बृद्धि भइरहेको जनाइएको छ ।

पन्चलाई टाटाले १.२ लिटर पेट्रोल इन्जिन, सिएनजी र ईभी भर्सनमा बिक्री गर्दै आएको छ ।

जसअनुसार पेट्रोल भेरिएन्टले ५३ प्रतिशत, सिएनजीले ३३ र ईभीले १४ प्रतिशत हिस्सा ओगटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *