नेपाली बजारमा स्काइवेलको ईटी५ ईभी बिक्री–वितरण गरिरहेको जी मोटर्सले स्काइवेलको अर्को विद्युतीय कार नेपाल ल्याउने भएको छ ।
जी मोटर्सले स्काइवेल बीई११ का दुई मोडल नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।
जी मोटर्सले आगामी भदौ ११ देखि प्रारम्भ हुने नाडा अटो शोमा स्काइवेल बीई११ का दुई मोडल समेत प्रदर्शन गर्ने बताएको छ । अटो शोमा उपस्थित हुने अवलोकनकर्ताले सो गाडी हेर्न पाउने छन् ।
स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ ।
दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।
भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।
सामान्यतः यही मूल्य नै कायम हुने अनुमान गर्न सकिन्छ ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।