नेपालमा सन् २०१२ देखि नै उपलब्ध विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोल, युनाइटेड लुब्रिकेन्ट प्रालिले नेपालमै उत्पादन शुरु गरेको छ ।
अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी गराए ।
‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ ।
अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ ।
लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ ।’ उनले भने ।
धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ ।
सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न शुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो ।
अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो ।
बहुराष्ट्रिय ब्रान्ड भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए ।
यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ ।
साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।