नौबिसे – मलेखु खण्ड राति बन्द

काठमाडौँ – १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

नागढुंगा-मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउनेछ ।

राति यो सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रूपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने योजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *