नक्कली लाइसेन्स वितरणमा संलग्नविरुद्ध मुद्दा दायर

नक्कली विवरण प्रविष्ट (इन्ट्री) गरेर सवारी लाइसेन्स वितरणमा संलग्न १५ जनाविरुद्ध सिआइबीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बुटवलका बहालवाला तथा तत्कालीन ठूलो संख्याका कर्मचारीलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।

कार्यालय प्रमुख (उपसचिव) केशव अर्याल, तत्कालीन करारका कम्प्युटर अप्रेटर छैटौँ पदमा कार्यरत पदमराज आचार्य, तत्कालीन करारका कम्प्युटर अप्रेटर लक्ष्मण पाण्डे, तत्कालीन सहायक पाँचौँ पदका सुवास पौडेल, करारका कम्प्युटर अप्रेटर ज्ञानराज पाण्डे र तत्कालीन करारका कम्प्युटर अप्रेटर नारायणप्रसाद पाण्डेलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।

यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीमा तत्कालीन करारका कम्प्युटर अधिकृत छैटौँ पदमा कार्यरत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीमा कम्प्युटर अप्रेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनमा सहायक चौथो पदमा कार्यरत राजेश लम्साल, यातायात व्यवस्था कार्यालय भद्रपुर झापामा कम्प्युटर अप्रेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय जनकपुरका कम्प्युटर अप्रेटर दिलीपकुमार साहलाई पनि सिआइबीले प्रतिवादी बनाएको छ ।

सिआइबीले बिचौलियाहरू विजय चौधरी (हाल झापा कारागारमा कैद), फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठलाई पनि प्रतिवादी कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *