नेपालमा प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ ।
१०० किलोवाट पिक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिइएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पिक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ ।
विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको लिथियम आइरन फस्फेट ब्याट्री भएको १६ सिटर गाडी एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।
बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरु व्यवसायीका लागि एकदम लाभदायी रहेका छन् ।
दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरु भन्दा उपयुक्त मुल्यमा र ग्राहकलाई बढी फाइदा हुने गरी यी गाडीहरु भित्र्याउन लागेको जनाएको छ ।
बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर विद्युतीय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।
बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।
दिगो ग्रुपले नेपालमा पछिल्लो दशक देखि विद्युतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ ।
दिगो ग्रुप नेपालमा डीएफएसके, सीएचटीसी मोटर्स, जेएसी ईभी गाडीहरुको साथै विश्वकै सबैभन्दा ठुलो चार्जर कम्पनी स्टारचार्जको अधिकारक वितरक हो ।