होन्डाको मनसुन सर्भिस क्याम्प ५ दिनसम्म चल्ने

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ ।

उक्त क्याम्प धोविघाटस्थित होन्डा शोरुममा२१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउनेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ ।

साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *