चीनकै अग्रणी कम्पनी भान्चे ब्राण्ड, विगत १० वर्षदेखि व्यवसायिक गाडीहरु बिक्री वितरण गर्दै आईरहेको शशिला मोटर्स प्रालि. आधिकारिक बिक्रेता भएको छ ।
पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ ।
शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ, जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।
एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले बताएको छ ।
क्याटएल १ सय २३ किलोवाटको (लिथियम आईरन फोस्फेट) ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो बसको लम्बाइ २५ फिट हुनेछ ।
फराकिला सिट र पर्याप्तखाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।
१२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ ।
उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्जट सेवा दिने पनि बताए ।
दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।
बसको मुल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।