नेपालमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन सार्वजनिक

नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले  नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ सार्वजनिक गरेको छ ।

सेरेस ग्रुप अन्तर्गतको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान नेपाल भित्रिएपछि फेरि इलेक्ट्रिक भ्यान सेगमेन्टमा अर्को प्रतिस्पर्धा थपिएको छ ।

एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, दिपाल, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ ।

नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन् ।

सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो ।

सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत हो ।

ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ ।

विश्वका ७० भन्दा बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *