नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ ।
बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको हो ।
सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभी प्रेमीबाट प्रशंसा बटुलेको हो ।
कम्पनीका अनुसार अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् ।
यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो ।
यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ ।
ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो ।
यसबाट यो एसयुभीलाई विश्व बजारले रुचाएको र विश्वास गरिएको प्रष्ट हुन्छ ।