पहिलो पटक हिरो एक्सचेञ्ज एण्ड इभल्भ

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना गरेको छ ।

नेपाल अधिराज्यभर चल्ने उक्त मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने जनाइएको छ ।

साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट समेत पाउन सकिनेछ ।

एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।

कम्पनीले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्ट समेत सञ्चालनमा ल्याईसकेको छ ।

कम्पनीले हाल देशका ५० भन्दा बढी स्थानमा शोरुम नेटवर्क सञ्चालन गरिरहेको छ ।

यी नेटवर्कबाट मोटरसाइकल तथा स्कुटरको बिक्री गरिनुको साथै सर्भिस र स्पेयर पार्टस समेत उपलब्ध हुँदै आएको छ ।

उक्त कार्यक्रम असार १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *