शनिबार MOSROS मोटर रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

यो रोमांचक मोटर र्स्पोर्ट्स कार्यक्रम मार्फत मोटर स्पोर्ट्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ ।

रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ, ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू जस्तै: कृष्ण मन्दिर र काठमाडौं, स्वयम्भू स्तुप र ऐतिहासिक किर्तिपुर सहरको पुरातत्विक सम्पदामा घुम्दै मरोरम मातातिर्थमा समापन हुनेछ ।

यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ : समय-गति-दुरी (TSD) रेली र अटोक्रस।

TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ 

समय, गति र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन।

सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ ।

सबै गाडिहरु जिपियस मेसिनले ट्रयाकिङ गरिरहेको हुने छ ।

अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्नेछन् ।

अटोक्रसमा भाग लिने गाडिहरूको श्रेणी १०००-१६०० सीसी हुनेछ ।

रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन । यस प्रतियोगितामा अधिकतम २५ गाडिहरू रहेने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन।

नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) जुन अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरुको नियमक सस्था (FIA)  तथा रास्ट्रिय खेल्कुद परिसदबाट मान्यता प्राप्त सघ हो।

यस नासा नेपालमा अनुबन्दित यस NMRF मा अनुभबि खेलाडि तथा खेलकर्मि सदस्यहरु रहेका छन।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्द्ता सहित हुन गईरहेको यस र्यालिमा ललितपुर , काठमाडौं सहित किर्तिपुर अनि चन्द्रागिरि लगायतका सम्पदाहरुलाइ मोटर स्पोर्ट्सका माध्यमबाट बिस्व स्तरमा पुराउने बिस्वास लिइएको छ।

NMRF को अध्यक्ष दीपक आचार्यले आफ्नो भनाइ राख्दै “NMRF ले गर्ने यस प्रतियोगिताले खेल साथ साथै ललितपुर – चन्द्रागिरीका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तरास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा हाम्रो समर्पणको अवलोकन गराउँदछ भन्नेमा प्रस्ट पार्नु भयो।

NMRF को महासचिव अनिल के. बरालले “MOSROS ललितपुर – चन्द्रागिरी – सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप पूर्ण रूपमा सुरक्षित खेल, सम्पदा र पर्यवरण तीन प्रकारलाई सम्पोधन गर्ने मोटर स्पोर्ट्स कार्यक्रमहरूको प्रतितको रुपमा रहेकोले सम्पूर्ण सहभागीहरू र दर्शकहरूलाई यस ऐतिहसिक कार्यक्रममा सहभागि हुन आमन्त्रण गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *