सिट्रोन ईसी-३, ३२० किलोमिटर रेन्जमा

नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले ईसी३ को शाइन भेरिएन्ट लन्च गरेको हो ।

उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरिएन्टको तुलनमा फिचर लोडेड छ ।

नयाँ भेरिएन्टलाई कम्पनीले केही दिनयता सडकमा परिरक्षण गर्दै आएको थियो भने मूल्य ४० लाखभन्दा कम पर्ने बताउँदै आएको थियो ।

सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपाल आएको छ ।

सिट्रोन ईसी३ शाइनमा लेदर स्टेरिङ ह्विल, रियर भ्यू क्यामेरा, इलेक्ट्रीकल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ ।

फिचर थप भएसंगै यो कार फिल भेरिएन्टको तुलनामा जम्मा १ लाख रुपैयाँले मात्र महंगो परेको हो ।

कम्पनीले यसको फील भेरिएन्टलाई ३५ लाख र लाइभलाई ३३ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ ।

यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

साथै यसमा पोर्टेवल चार्जिक केवल समेत पाउन सकिने फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ ।

यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ । यूरो एनक्यापको सेफ्टि टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टि फिचर समेत पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *