नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फ़ेडेरेसन (NMRF ) लेविश्व पर्यावरण दिवसको शुभ अवसरमा, NMRF ले MOSROS ललितपुर – चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस चैम्पियनशिपको आयोजना गर्ने घोषणा गरेको छ ।
यो रोमांचक मोटर्स्पोर्ट्स कार्यक्रम मार्फत मोटर स्पोर्ट्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ ।

रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ, ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू जस्तै: कृष्ण मन्दिर र काठमाडौं, स्वयम्भू स्तुप र ऐतिहासिक किर्तिपुर सहरको पुरातत्विक सम्पदामा घुम्दै मरोरम मातातिर्थमा समापन हुनेछ ।
यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ : समय-गति-दुरी (TSD) रेली र अटोक्रस।
TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ ।
समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन।
सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ ।
सबै गाडिहरु जिपियस मेसिनले ट्र्याकिन्ग गरिरहेको हुने छ ।
अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्नेछन् ।
अटोक्रसमा भाग लिने गाडिहरूको श्रेणी १०००-१६०० सीसी हुनेछ ।
रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन । यस प्रतियोगितामा अधिकतम २५ गाडिहरू रहेने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन।
नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) जुन अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरुको नियमक सस्था (FIA) तथा रास्ट्रिय खेल्कुद परिसदबाट मान्यता प्राप्त सघ हो।
यस नासा नेपालमा अनुबन्दित यस NFRF मा अनुभबि खेलाडि, तथा खेलकर्मि सदस्यहरु रहेका छन।
ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्द्ता सहित हुन गईरहेको यस र्यालिमा ललितपुर , काठमाडौं सहित किर्तिपुर अनि चन्द्रागिरि लगायतका सम्पदाहरुलाइ मोटर स्पोर्ट्सका माध्यमबाट बिस्व स्तरमा पुराउने बिस्वास लिइएको छ।