हेनरी कार अब भने एस क्युब इन्टरप्राईजेजले विक्री गर्ने

विगत २ बर्षदेखी नेपालमा हेनरी ब्रान्डका विधुतिय गाडीहरु विक्री वितरण हुँदै आएका छन् ।

सस्तो मुल्यमा २०० किलोमिटरको टेस्टेड रेन्ज भएको, ५ ढोकाहरु सहित १६० लिटरको बुट स्पेस भएको र अन्य साना कारहरु भन्दा बढी मोटर पावर भएकोले हेनरीका गाडीहरु प्रती नेपाली ग्राहकको रुची बढ्दै गएको छ ।

विगतमा पायोनियर वल्र्ड वाइड प्रालीले विक्री वितरण गर्दै आएको हेनरी कार अब भने एस क्युब इन्टरप्राईजेज प्रालीले विक्री वितरण गर्ने भएको छ ।

साथै हेनरी मिनकार मोडेलमा आउने यो कार अब भने हेनरी भोल्टस्को नामले विक्री वितरण हुनेछ ।

कम्पनीको नाम र मोडेल परिवर्तन भएपनी संचालक भने परिवर्तन नभएको कम्पनीका प्रवन्ध निर्देशक श्यामसुन्दर सापकोटाले वताउनु भयो ।

यसै अवसरमा कम्पनीले नयाँ स्किम सहित नयाँ मुल्य पनि घोषणा गरेको छ ।

यस स्किम अन्तर्गत जेठ १५ गते भन्दा अगाडि बुकिङ गर्नु हुने ग्राहकहरुले हेनरी भोल्ट्स कार १९ लाख ९५ हजारमै प्राप्त गर्ने छन् ।

विगतमा २४ लाख ५० हजार मुल्य रहेको उक्त कार हाल भने लिथीयम ब्याट्रीको मुल्यमा आएको गिरावट, बजार प्रतिस्पर्धा आदीले गर्दा केही कम गरिएको सापकोटाले बताउनु भयो ।
मुल्य कम गरिए पनी फिचर्समा कमीे गरिएको छैन ।

बिगतमा जस्तै २०२४ मोडेलको गाडीमा पनि ड्राइभर एयरब्याग, स्टेरिङ्ग कन्ट्रोल, एवीयस, ईवीडी, हिल्होल्ड अस्सिस्ट, ईलेक्ट्रोनिक पावर स्टेरिङ्ग, पावर विन्डो सबै पाउन सकिने छ ।

साथै ग्राहकले ब्याट्रीमा ५ बर्षको र मोटरमा ३ बर्षको वारेन्टी पनि प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *