काठमाडौंको भृकुटीमण्डपमा २९ गतेसम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन् ।
यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डोर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ ।
थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ ।
यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ, जहाँ प्रख्यात नेपाली गायक गायिकाहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ ।
मेलामा सहभागीले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन् ।