स्काइवेल शोरुमको उद्घाटन गर्दै ९ जना ग्राहकलाई गाडी हस्तान्तरण

जी मोटर्सले नेपाल ल्याएको इलेक्ट्रिक स्काइवेल एसयूभी ईटी–५ को बिक्री सुरु भएको छ ।

एक कार्यक्रमको आयोजना गरी भक्तपुर राधेराधेस्थित शोरुमको उद्घाटन गर्दै कम्पनीले ९ जना ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो ।

चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी–५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । कारको मूल्य १ करोड ९ लाख रुपैँया निर्धारण गरिएको छ ।

यो एसयूभीलाई एकपटक फुल चार्ज गरेपछि ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यति धेरै रेन्ज दिने ईलक्ट्रिक कार नेपाली बजारका लागी पहिलो रहेको कम्प्नी भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *