मोटर स्पोर्टस नेपाल क्लब र बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजनामा चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता दिपेश तामाङ बनेका छन् ।
त्यसैगरी विशाल दोर्जे तामाङले दोस्रो र कुशल दुलालले तेस्रो स्थान हासिल गरेका छन् ।
राइडरहरुले ५ सय मिटरको फ्ल्याट ट्रयाकमा बाइक कुदाएका थिए ।
सबैभन्दा कम समयमा बाइक कुदाउने प्रतियोगीलाई अन्य विभिन्न आधारमा समेत विजयी घोषित गरिएको हो ।
विजेताहरुलाई बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसाल र वागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीद्वारा पुरस्कार, शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरियो ।
सो प्रतियोगिताको उदघाटन नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल तथा बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले गरेका थिए ।
चितवनमा हाल चलिरहेको अन्तर प्रदेश खेलकुद प्रतियोगितालाई सफल बनाउन र भिजिट भरतपुरको प्रवद्र्धन गर्नका लागि समेत यो प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।
सो प्रतियोगिताको लागि आवश्यक मार्सलिङ र प्राविधिक सबै कार्यको संयोजन मोटर स्पोर्ट्स नेपाल क्लबले गरेको थियो ।