इनर्जिकाको मूल्य ४२ लाखदेखी ५८ लाखसम्म

नेपालका लागि आधिकारिक वितरकको रुपमा रहेको टर्बो मोटर्सले ल्याएको इनर्जिकाका इनर्जिका इगो, इगो आरएस, ईएसएसई ९ र इभा रिबेल गरी चार मोडल छन् ।

यी मध्ये इनर्जिका इगोको मूल्य ४२ लाख, इगो आरएसको मूल्य ५८ लाख, इभा रिवलेको मूल्य ५० लाख र ईएसएसई ९ को मूल्य ४६ लाख रुपैयाँ तोकिएको छ ।

यी मध्ये इनर्जिका इगो विश्वमैं सबैभन्दा पहिले सडकमा चलाउनका लागि स्वीकृत प्राप्त इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल भएको कम्पनीको दावी छ ।

यो इनर्जिकाको सबैभन्दा लोकप्रिय फ्ल्यागसिप मोटरसाइकल समेत हो ।

यो मोटरसाइकलमा ३०० भोल्टको डीसी मोटर रहेको छ ।

यसमा १२६ किलोवाट सम्मको पिक पावर, २१५ एनएमको टर्क, २४० किलोमिटर प्रतिघण्टाको टप स्पिड र सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने क्षमता छ ।

त्यसैगरी यसले २.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति प्रदान गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *