भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् ।

सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार बागमती प्रदेश–०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–४ घर भएका ३७ वर्षीय बिनोद प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *