यसका लागि मात्रै तीन हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । उनीहरूलाई तीन सिफ्टमा परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनले भने, ‘मेला सुरक्षाका लागि तीन सिफ्टमा सुरक्षाकर्मी खटिनेछन् ।
यसका लागि जिल्ला प्रहरी परिसर, ट्राफिक प्रहरीदेखि अपराध अनुसन्धान कार्यालयका सुरक्षाकर्मी परिचालन हुनेछन् ।’
कार्यालयका अनुसार पहिलो, दोस्रो र तेस्रो सिफ्टमा एक हजार २४ का दरले सुरक्षाकर्मी परिचालित हुनेछन् ।
सुरक्षामा महिला प्रहरी नौ सय १५ र पुरुष प्रहरी दुई हजार एक सय ५७ जना रहनेछन् ।
त्यसबाहेक यातायातका साधानलाई व्यवस्थित गर्न पाँच सय ८३ सुरक्षाकर्मी खटिनेछन् ।
मेला सुरक्षा गर्ने उद्देश्यले सबै गरी चार हजार ९४ सुरक्षाकर्मी परिचालन हुने कार्यालयका प्रवक्ता एसएसपी मैनालीले जानकारी दिए ।
उनले भने, ‘शिवरात्रिका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । प्रहरीले यसका लागि सबै उपाय अवलम्बन गरेको छ ।
ड्रोनदेखि सिसिक्यामेरासम्मका प्रविधि सुरक्षा निगरानीमा परिचालन गरिएका छन् । सबै गरी चार हजार ९४ सुरक्षाकर्मी परिचालन भएका छन् ।