केही दिन अगाडी कलंकी नागढुंगा हुँदै मलेखुसम्मको यात्रा गर्ने क्रममा निकै दुःख लाग्यो ।
नेपालकै प्रमुख राजमार्गको सडक देख्दा राज्यका निकायहरुलाई नसरापी बस्न सकिन, नेताहरुले दिएको झुठा आश्वासन….
अनि यो थोत्रो र कवाड सडक… ।
दैनिक हजारौं सवारीसाधन गुड्ने, निकै चल्तीको हाइवेमा यात्रा गर्दा, धुलो नउड्ने ठाउँ नै भेटिएन भने हाइवेको सडक जताततै निर्माणाधिन भएकोले पनि ठूला – ठूला खाडल अनि अव्यवस्थित पाराको देशको प्रमुख नाकाको सडक भन्न पनि लाज लाग्ने ।
कसरी सम्बन्धित निकायका पदाधिकारीहरु चुपचाप बस्न सकेका होलान् भन्ने पनि लाग्यो ।
पुरै सडक सर्लक्क पिच गर्न नसकेपनि, धुलोरहित बनाउन सकिन्थ्यो, अनि त्यो खाल्डोहरु पुरेर आवतजावत सहज गर्न सकिन्थ्यो, तर यति थोरै पनि काम गर्न किन ध्यान गएन होला भन्ने लाग्यो ।
यो थोत्रो र कवाड सडकमा बल्लतल्ल गुडीरहेका त्यो चिल्ला कारहरु अनि करोडौँ पर्ने सर्लक्क परेका यात्रुबसहरु देख्दा कठैबरा भन्न मन लाग्यो ।
– R.K. Shrestha/mkt.autonepal@gmail.com