इन्जिन, क्लच र गियर सबैका लागि सुरक्षित

अमरज्योति रञ्जित, चिफ मार्केटिङ अफिसर

नेपालमा क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ललितपुरका मेकानिक्सहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै ‘पावर वान मेकानिक्स अफर’ समेत सार्वजनिक छ ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले १२५ वर्ष पुरानो र नेपालमा लामो समय देखि सबै सवारी साधन प्रयोगकर्ताले रुचाउदै आएको क्यास्ट्रोल लुब्रिकेन्टले पछिल्लो समयमा नयाँ प्रविधिका साथ विभिन्न मोडल भित्र्याइरहेको बताए ।

क्यास्ट्रोलले बाइकका लागि आवश्यक २०डब्ल्यु४०, २०डब्ल्यु५० र १०डब्ल्यु३० भिस्कोसिटी इन्डेक्सको क्यास्ट्रोल एक्टिभो हाल नेपाली बजारमा उपलब्ध रहेको उनले बताए ।

क्यास्ट्रोल एक्टिभो नेपाली बजारका लागि विशेष रुपमा भित्र्याएको बताउदै रञ्जितले थ्रीएक्स प्रोटेक्सन उपलब्ध भएकाले यो इन्जिन, क्लच र गियर सबैका लागि सुरक्षित इन्जिन आयल भएको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष राजकुमार बिकेले क्यास्ट्रोल एक प्रिमियम ब्रान्ड भएको र इन्जिन तथा सवारी साधनको सुरक्षाका लागि यसको प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

अन्तरक्रियामा मेकानिक्स र मेकानिक्स व्यवसायीहरुले क्यास्ट्रोल लुब्रिकेन्टको गुणस्तरीयता वारेमा धेरैलाई थाहा भए पनि विभिन्न अन्तरक्रिया र जानकारीमूलक कार्यक्रमहरु राखेर क्यास्ट्रोल लुब्रिकेन्टको वारेमा सबैलाई सुसूचित गराउन आवश्यक रहेको बताए ।

सो अवसरमा मेकानिक्सहरुको विभिन्न जिज्ञासाको समाधान नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले गरेका थिए ।

सो मेकानिक्स मिट तथा अन्तरक्रिया कार्यक्रम ललितपुरमा सञ्चालित बाइक मेकानिक्सहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

उनले लुब्रिकेन्टको गुणस्तरीयता वारेमा मेकानिक्सलाई धेरै जानकारी हुने र ग्राहकलाई सम्झाउन समेत सहज हुने भएकाले आगामी दिनमा सधै मेकानिक्सका साथ मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *