पोखरामा एथरको डिलर अटोवेज

एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता नयाँबजारस्थित अटोवेज प्रालिले एथरलाई भित्र्याएको छ ।

बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे काठमाडौँ र ललितपुरपछि पोखरामा बिक्री वितरण सुरु भएको हो ।

भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर, एथरलाई पोखरा भित्र्याउन पाउँदा खुसी लागेको अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेलले बताए ।

अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि बिगत बिस वर्षभन्दा अगाडिदेखि पोखरामा सेवा दिइराखेको छ ।

“हामी अटोवेज प्रालिसंग सहकार्य गरि एथर एनर्जीलाई पोखरामा ल्याउन पाउँदा उत्साहित छौं,” वैद्य एनर्जीका सीईओ सुर्यंश वैद्यले भने ।

पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशनको सुविधा अटोवेज भवनमा र लेकसाइडमा चार्चिङ स्टेसन हुने बताइएको छ ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छन् ।

जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो ।

यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *