Skip to content
२०७८ साल फागुनमा ठेक्का सम्झौता भएको ग्वार्कोमा फ्लाइओभर निर्माण हुन थालेदेखि त्यस सडकमा ट्राफिक जामलाई सहज बनाउन सकिएको छैन ।
लामो समयसम्म हुने ट्राफिक जामबाट पन्छिन धेरैले वैकल्पिक बाटो रोज्न थालेका छन् ।
तर त्यसले साँघुरा गल्लीहरूलाई झन् भिडाम्भिड बनाइदिएको छ ।
यसले साना गल्लीहरूमा दुर्घटनाको जोखिमसमेत बढाएको कुरा स्थानीय सञ्जय खतिवडाको भनाइ छ ।
स्थानीय व्यापारीहरूजस्तै मर्कामा परेका छन् यो खण्ड भएर दिनहुँ यात्रा गर्ने सर्वसाधारण ।
ग्वार्को घर भएका सञ्जय खतिवडा शिक्षण पेसामा आबद्ध छन् । कलेज आउन र जान उनी सधैं ग्वार्कोको मूल बाटो प्रयोग गर्छन् ।
ग्वार्को फ्लाइओभर निर्माण थालेको दुई वर्ष बितिसकेको छ ।
तसर्थ कतै जानुपर्दा उनी सामान्य समयभन्दा १५ मिनेटअगावै तयार निस्कन्छन् ।
त्यसो नगरे निर्धारित समयमा पुग्नै गाह्रो पर्ने उनको भनाइ छ ।
सडक अवरुद्ध भएको सुरुवाती दिनमा समयको आकलन गर्न मुस्किल परेको हुँदा उनले कक्षामै ढिलो उपस्थित हुनुपरेको सम्झन्छन् ।
खतिवडाका अनुसार १० मिनेटमा ट्राफिक जाम छिचोल्न सकिने ग्वार्कोको सडकमा एक वर्षयता २० देखि २५ मिनेटसम्म अल्झनुपर्ने स्थिति छ ।
नियमित सडक बन्द हुँदा पुग्नुपर्ने ठाउँमा ढिला हुनुपर्ने परिस्थिति निम्तिएको छ, जसका कारण आवतजावत गर्ने सर्वसाधारण अप्ठ्यारोमा परेका छन् ।
Post Views: 229