बुटवलमा सेरेसको अत्याधुनिक शोरुमको उद्घाटन

सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले बुटवलको कालिकानगरमा आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले बृटबलमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम स्थापना गरेको हो । एमएडब्ल्यु वृद्धिले बुटवलमा डिलरशिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताएको छ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्ल्यु वृद्धि अटोकोर्पका बिजनेस हेड प्रशन्न पन्त, ईएम मोटर्सका डाइरेक्टर राजेश घिमिरे लगायतले शोरुमको उदघाटन गरेका थिए ।

 

उनीहरुले रुपन्देहीमा इलेक्ट्रिक चारपांग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने बिश्वास व्यक्त गरे ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई ईएम मोटर्सले सेरेस ३ ईभी गाडी हस्तान्तरण समेत गरेको छ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ ।

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरिएन्टमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरिएन्ट लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सनमा उपलब्ध छ । यी गाडीको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ९९ हजार र १७ लाख ९९ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *