कमर्सियल भेइकल उत्पादक अशोक लेल्याण्डले भारतमा विद्युतिय वस प्लान्ट निर्माण सुरु गरेको छ ।
लखनउमा करिब २८ हेक्टर क्षेत्रफलमा नयाँ प्लान्ट निर्माण भइरहेको कम्पनीले जनाएको छ ।
विद्युतीय बस उत्पादनमा ध्यान केन्द्रित गर्न चाहेको भए पनि परम्परागत वा अन्य वैकल्पिक इन्धनका सवारी साधन पनि त्यही ठाउँमा उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले लखनउमा प्रति वर्ष २,५०० बसको प्रारम्भिक उत्पादन क्षमताको साथ सुरु गर्ने योजना बनाएको छ ।
एक दशकको अवधिमा यसलाई प्रतिवर्ष ५ हजार सवारीसाधनमा पु-याउने लक्ष्य राखिएको छ ।
सन् २०३० सम्म देशको डिजेल बस फ्लीटको एक तिहाइभन्दा बढी भागलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने भारत सरकारको योजना अनुसार अशोक लेल्याण्डले नयाँ प्लान्ट निर्माण सुरु गरेको हो ।
अशोक लेल्यान्डको सहायक कम्पनी स्विच मोबिलिटीले गत वर्ष धेरै विद्युतीय बस अर्डर गरेको थियो ।