दिप्ती र सुप्रिताको मायाको रङमा रंगिदै लिभोन

कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ।

लिभन समेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले हामीलाई आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गर्दछ।

आफ्ना उत्पादनहरू मार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले आज उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदैछ।

दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा लिभोन उनीहरूलाई हृदयदेखि नै बधाई र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछ।

हामी तपाईंलाई उनीहरूको कथा हेर्न र प्रेमका जीवन्त रङहरूले विविध स्वरुपमा पोतिएको संसारलाई अवलोकन गर्न आमन्त्रित गर्दछौं।

#keepingyourcolors हामी यहाँहरुको जीवन रङ्गीन र उज्यालो पार्दै रहने छौं।

लिभनका बारेमा
लिभन कपालको हेरचाहमा जोड दिने एक प्रिमियम श्रेणीको ब्रान्ड हो।

यो कपाल हेरचाहका सामग्रीहरु उत्पादन गर्ने मारिको लिमिटेडको ब्रान्डहरूमध्येकै एक हो।

यस ब्रान्डले “गर्जियस हेयर डे, एभरी डे” भन्ने आफ्नो नाराअनुरुप महिलाहरूको भावनालाई उकास्ने र उनीहरूलाई आफ्ना बारेमा राम्रो महसुस गराएर सशक्तिकरण गर्ने उद्देश्य राखेको छ।

मारिकोका बारेमा
मारिको लिमिटेड विश्वव्यापी सौन्दर्य र वेलनेस कोटीहरूमा काम गर्ने भारतको अग्रणी उपभोग्य वस्तु निर्माता कम्पनीहरूमध्ये एक हो।

मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थकर खाना, पुरुष ग्रूमिङ र कपडाको हेरचाहमा क्रियाशील अग्रणी ब्रान्डहरूको अभिभावकत्व गर्छ।

आर्थिक वर्ष २०२०-२१ मा मारिकोले भारत र एशिया तथा अफ्रिकाका छानिएका बजारहरूमा आफ्ना उत्पादनहरुको बिक्री मार्फत् लगभग ८०.५ बिलियन भा.रू. (१.१ बिलियन अमेरिकी डलर) को रेकर्ड कारोबार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *