ड्राइभिङ लाइसेन्स लिन आठ कक्षा उत्तीर्ण हुनैपर्ने

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन कक्षा आठ उत्तीर्ण गरेको हुन पर्ने बताएको छ ।

मन्त्रालयले तयार पारेको सवारी तथा यातायात ऐन संशोधनको मस्यौदामा लाइसेन्स लिन कक्षा आठ उत्तीर्ण गरेको हुनु पर्ने बनाएको हो । उक्त मस्यौदा अहिलेसम्म भने मन्त्रिपरिषद्मा पठाएको छैन् ।

सवारी साधन चलाउन हाल दुई पाङ्गे र तीन पाङ्गे सवारी चालकका लागि १६ वर्ष, चार पाङ्गेका लागि १८ वर्ष र ठूला सवारीका लागि २१ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ ।

तर मन्त्रालयले तयार पारेको उक्त मस्यौदामा भने दुई प्राङ्गे र तीन पाङ्गेका लागि १८ वर्ष उमेर पुरा भएको हुनपर्ने उल्लेख गरेको छ ।

साथै, चार पाङ्गे सवारी चालक अनुमतिपत्रका लागि २१ व्र्ष र ठूला सवारका लागि २३ वर्ष पूरा भएको हुनु पर्ने मस्यौदामा भनिएको छ ।

यस्तै विधेयकमा सरकारले निजी र सार्वजनिक सवारी चालकलाई दुई थरी लाइसेन्सको व्यवस्था गर्ने तयारी समेत गरेको छ ।

उक्त प्रावधान अनुसार सार्वजनिक सवारी चालकका लागि व्यावसायिक सवारी अनुमतिपत्रको व्यवस्था गरेको छ । यो लाइसन्स लिन कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने छ ।

यति मात्र नभएर ठूला र मझौला सर्वाजनिक सवारी चालक अनुमतिपत्रका लागि ६० वर्ष उमेर पूरा गरेको हुने पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *