यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।
टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटिक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ।
हाइब्रिड पावरट्रेन भएकाले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ।
रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिने कम्पनीले जनाएको छ।
यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ।
यसको ब्याट्री प्रकार लिथियम-आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड पनि पाइने छ।
यो मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ।
सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ।
यसको आधिकारिक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।