चितवनमा रोकेर राखेको ट्रेलर ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते भएका छन् ।
शुक्रबार राति ११: ५५ बजेको समयमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख २००४ नं. को बस सोहि दिशातर्फ साइड बाटो छेउमा पार्किङ गरेर रोकिराखेको प्र.२०३–००१ ख ७३१२ न.को ट्रलि ट्रकको पछाडि ठोक्किँदा बसमा सवार २० जना घाइते भएका हुन् ।
घाइतेहरुको भरतपुरको नयकका मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बस, ट्रेलर र ट्रेलर चालक रौतहटका माधव नारायण नगरपालिका – ३ बस्ने वर्ष ३१ का राम नारायण यादब प्रहरीको नियन्त्रणमा छन् भने बस चालक फरार छन् ।
के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।