चाइनाको बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड

 

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालिले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ ।

उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ ।

उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो ।

यस सम्झौता पश्चात शशिला मोटर्स् प्रालि. उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गर्नु भएको छ ।

कमर्सियल गाडीहरुको नेपालकै अग्रणी डिलर शशिला मोटर्स् प्रालि. र बिश्वप्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान सार्वजनिक गर्न लागिएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ ।

साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ ।

नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ ।

यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

यही अप्रिल २०२४ बाट नेपालमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *