बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना रिहा भएका छन्।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै हाजिर जमानीमा छोड्न आदेश गरेपछि उनीहरू रिहा भएका हुन्।
अदालतको आदेशपछि चौधरीसहित बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायणसिंह थापा र सिजी चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएका हुन्।